ad ad

समाज


फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै २ पटक सगरमाथा शिखरमा (भिडिओ)

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै २ पटक सगरमाथा शिखरमा (भिडिओ)

नेपालखबर
जेठ ६, २०८१ आइतबार ८:३०, काठमाडौँ

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दुईपटक विश्वको सर्वोच्च शिखर सगरमाथामा पुग्न सफल भएकी छन्। 

पत्रकार श्रेष्ठले आज (आइबार) बिहान ३ बजेर पाँच मिनेट जाँदा तेस्रोपटक सगरमाथा शिखर चुमेकी एडकेएक्सपेडिन कम्पनीका प्रमुख लाक्पा शेर्पाले जानकारी दिए। पत्रकार श्रेष्ठ सोही कम्पनीबाट आरोहणमा गएकी थिइन्। 

आठ दिनअघि (१२ मेमा)मात्रै उनले दोस्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन्। त्यसकाे एकसातामै उनी दाेस्राेपटक सगरमाथा शिखरमा पुगेकी हुन्।

आज बिहान मौसम अनुकूल भएकाले धेरै आराेहीले सगरमाथा आरोहण गरेका शेर्पाले बताए। ‘हाम्रो कम्पनीबाट गएका मात्रै ४० जनाले आज सफल आरोहण गरेका छन्,’ उनले भने। 

विश्वका दर्जनौँ हिमशिखर आरोहण गरिसकेकी श्रेष्ठले यसअघि सन् १०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन्। श्रेष्ठले भोलिसम्म आफू बेसक्याम्पमा पुग्ने बताएकी छन्। 

विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गएको साउनका पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी थिइन्। 

उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्। 

पूर्णीमाले पहिलो पटक ८ हजार मिटरको हिमाल यात्रा गृहजिल्ला गोरखास्थित मनास्लुबाट सुरू गरेकी थिइन्। २०७४ मा उनले मनास्लुको सफल आरोहण गरेकी  थिइन्

त्यसपछि अन्नपूर्ण र धौलागिरि आरोहण गरिन्। उनी अन्नपूर्ण र धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन्। विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छन्। 

हेर्नुहाेस् भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .