समाज


ट्रम्पको विशेष बिमान र शानदार कार कति सुरक्षित?

ट्रम्पको विशेष बिमान र शानदार कार कति सुरक्षित?

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार ८:१,

गुजरातको अहमदाबाद शहर ट्रम्पको स्वागतका लागि सजाउन थालिएको छ। ट्रम्पले सम्बोधन गर्ने मोटेरा स्टेडियमको आसपासका क्षेत्रहरु सफा र रंगिन बनाइँदैछन्।

ट्रम्पले भ्रमण गर्ने सडक सबै नयाँ बनिसकेको छ। त्यहाँका सुकुम्बासी बस्तीलाई छेक्न भारतले सडक छेउछाउ बार लगाएको छ। आगरामा यमुना नदीको प्रदूषण लुकाउन गंगाको पानी त्यहाँ छाडिएको छ।

डोनाल्ड ट्रम्पले भारत भ्रमण गर्ने भएपछि त्यहाँको सुरक्षा अवस्था पनि निकै कडा बनाइएको छ। ट्रम्प विश्वको जुनै स्थानमा गएपनि उनी पुरा तयारीका साथ उक्त क्षेत्रको भ्रमण गर्दछन्।

ट्रम्पको लागि विश्वकै सबैभन्दा उत्कृष्ट ‘एयरफोर्स वान’ बिमान जहिल्यै तयार हुन्छ भने सुरक्षित कारहरु साथमै हुन्छ।

ट्रम्प चढ्ने बिमानको विशेषता

हाल ट्रम्पले चढ्ने ‘एयरफोर्स वान’ विमान बोइङ ७४७–२००बी सिरिजको मारिमार्जित विमान हो। यसको पछाडिको कोड २८००० र २९००० हो भने यस विमानको पदनाम भीसी–२५ए हो।

एयरफोर्स वान विमान अमेरिकाको मात्र नभएर विश्वभरका राष्ट्रपतिको पहिचान मानिन्छ। यसमा ‘युनाइटेड स्टेट्स अफ अमेरिका’ लेखिएको हुन्छ भने अमेरिकाको झण्डा साथै राष्ट्रपतिको मुहार चिन्ह पनि हुन्छ।

डोनल्ड ट्रंप एयरक्राफ्ट

यस बिमानमा इन्धन उड्दाउड्दै हाल्ने सुविधा पनि छ जसका कारण अमेरिकी राष्ट्रपति विश्वका जुनै कुना पनि जानसक्छन्।

यस विमानमा अत्याधुनिक सन्चारको सामाग्री छ। अमेरिकामाथि आक्रमण भएको अवस्थामा राष्ट्रपतिले विमानबाट सजिलै आफ्ना सेनासँग सम्पर्क गर्नसक्छन्।

विमानमा ठूलो कार्यालय पनि छ जहाँ सम्मेलनहरु आयोजना गर्न सकिन्छ। यस विमानमा ह्वाइट हाउस मिलिट्री अफिस छ। यहाँ एकपटकमा सय व्यक्तिले खाना खान सक्छन्। यहाँ चिकित्सकका टोलीहरु हुन्छन्।

एयरफोर्स वानमा राष्ट्रपतिका वरिष्ठ सल्लाहकार, गुप्तचर विभागकका अधिकारी, संचारकर्मी हुन्छन्। राष्ट्रपतिको मद्दतमा कयौं कार्गो विमान एयरफोर्स वानको अगाडि उडाइएको हुन्छ।

एयरफोर्स वानले प्रतिघण्टा ६३० माइलको दुरी पार गर्नसक्छ। हवाई आक्रमणको स्थितिमा यस बिमानले आक्रमणबाट बच्ने सामथ्र्य राख्दछ। यस विमानले दुश्मनको राडर जाम गरेर दुश्मनलाई क्षेप्यास्त्र प्रहार गर्नसक्छ।

बिमानमा ८२ टेलिफोन, दुईतर्फी रेडियो र कम्प्युटर सेक्सन छ। वासिंटन पोस्टको रिपोर्टका अनुसार राष्ट्रपतिको साथमा हरेक समय सेना हुन्छन्।

आपतकालीन स्थितीमा राष्ट्रपतिले ब्रिफकेस बोकेका हुन्छन् जसलाई ‘फुटबल’ भनिन्छ। यसमा ‘गोल्ड कोड’ हुन्छ जसबाट आपतकालीन अवस्थामा देशको परमाणु हतियारलाई सन्चालन गर्न सकिन्छ।

डोनल्ड ट्रंप सिक्योरिटी कोड फुटबॉल

सैन्य सहयोगी राष्ट्रपतिको नजिक नै हुन्छन्। कमान्डर इन चिफ भएकाले राष्ट्रपतिले कोड प्रयोग गरी आक्रमणको आदेश दिनसक्छन्।

गोल्ड कोड प्लास्टिकमा राखिन्छ जसलाई ‘बिस्कुट’ भन्ने गरिन्छ।

ट्यांकजस्तै बलियो बुलेटप्रुफ कार

अमेरिकी राष्ट्रपतिको भ्रमणका बेला दुई लिमोजीन कारबाहेक अर्को एक सेक्युरिटी एन्ड कम्युनिकेसन भियकल सामिल हुन्छ। यस विशेष कारलाई एयरफोर्स बिमानमा लगिन्छ।

सडकमार्गमा डोनाल्ड ट्रम्प द बिस्ट भनिने क्याडिलेक वान कार चढ्छन्। यो परिमार्जित कार हो। यसमा वासिङ्टन डीसीको लाइसेन्स प्लेट हुन्छ जसको नम्बर ८००–००२ हो।

करिब ९ टन वजन भएको यस कार ट्यांकजस्तै बलियो र बुलेट प्रुफ छ। कारको ढोकामा लगाइएको सिसामा पोलिकार्बोनेटको पाँच तह छ जुन बुलेटप्रुफ छ। चालकले मात्र झ्यालको सिसा खोल्नसक्छन्।

उक्त कारबाट अश्रु ग्यास प्रहार गर्न सकिन्छ। यसमा नाइट भिजन क्यामेरा, स्याटेलाइट फोन सुविधा छ। यस कारलाई रिम स्टिलबाट डिजाइन गरिएको छ। यसको चक्का कहिल्यै पंक्चर हुँदैन। टायर फुटेपनि गाडीको स्पिडमा कम हुँदैन।

यस कारमा चालक र यात्रुको बीचको हिस्सा पुरै ढाकिएको छ। यसले कुनैपनि रासायनिक आक्रमणबाट बचाउँछ। यसको इन्धनको ट्यांक पुरै सुरक्षित छ। आक्रमणबाट यो पड्किँदैन।

रोयटर्सका अनुसार ट्रम्प चढ्ने कारमा ९ जना अट्छन्। जहाँ चिकित्सकीय टोली समावेश हुन्छन्। कारमा एक फ्रिज छ जसमा राष्ट्रपतिको रगत समूहको रगत पर्याप्त राखिएको हुन्छ।

Image result for trump car

डोनल्ड ट्रंप कार

ट्रम्पसँगै विशेष सुरक्षाकर्मीको समूह

जब राष्ट्रपति र उनका प्रतिनिधि सवार कार निस्कन्छ तब त्यसको पछाडि दोस्रो सवारी हुन्छ। त्यस वरिपरि पनि प्रहरीको गाडी हुन्छन्। यस्तै विशेष सेवामा खटिएका सेनाको अर्को कार पनि राष्ट्रपतिको कारको पछाडि हुन्छ।

यसमा सवार सेना जवाफी कारवाहीका लागि पूर्णरुपमा खतराविरुद्ध जुध्न तयार हुन्छन्। त्यसबाहेक एम्बुलेन्सको गाडिले पनि राष्ट्रपतिको गाडिलाई पछ्याउँछ।

सन् २०१८ मा बेलायतको भ्रमणमा रहेका बेला ट्रम्पको साथमा करिब एक हजार सुरक्षाकर्मी समावेश थिए। जसमध्ये १ सय ५० गुप्तचर विभागका अधिकारी थिए। ट्रम्पको साथनमा मिलिटेरी कम्युनिकेसनका विशेषज्ञ, राष्ट्रपति कार्यलयका सहायक, डाक्टर र केही संचारकर्मी पनि हुन्छन्।

ट्रम्पको यसपटकको भ्रमणमा भारतका सुरुक्षा बल पनि चौबिसै घण्टा तैनाथ हुनेछन्। भारतीय सुरक्षाकर्मी तथा प्रहरी बाहिरी घेरामा हुन्छन् भने भित्री घेरमा ट्रम्पका आफ्नै सुरक्षाकर्मी हुनेछन्। बीबीसीहिन्दी

डोनल्ड ट्रंप सिक्योरिटी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad