समाज


सूर्यविनायकमा तीव्र गतिको बोलेरोले ठक्कर दिँदा ३८ वर्षीय युवकको मृत्यु

सूर्यविनायकमा तीव्र गतिको बोलेरोले ठक्कर दिँदा ३८ वर्षीय युवकको मृत्यु

नेपालखबर
बैशाख २६, २०८१ बुधबार ५:३७, काठमाडौँ

भक्तपुरको सूर्यविनायकमा बोलेरोले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। 

सूर्यविनायक नगरपालिका-९, मिलनचोकमा साँगाबाट जगातीतर्फ आँउदै गरेको ना ५ ख २३६१ नम्बरको बोलेरोले मंगलबार बेलुका ठक्कर दिँदा ३८ वर्षका युवकको मृत्यु भएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ। 

परिसरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार मृत्यु हुनेमा गोरखाको पालुङटार नगरपालिका-२ घर भई हाल भक्तपुरकै सूर्यविनायक नगरपालिका-९, नलिन्चोक बस्ने ३८ वर्षका कमल बयलकोटी छन्।

तीव्र गतिको बोलेरोले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई सुरुमा भक्तपुरमै रहेको डा. इवामुरा अस्पताल लगिएको थियो।

त्यहाँबाट थप उपचारको लागि राति नै ललितपुरको सुमेरु अस्पताल लगिए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ। उपचारका क्रममा गएराति नै उनको मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिए। 

बयलकोटीलाई ठक्कर दिने बोलेरो गाडी र त्यसका चालक सर्लाहीको लालबन्दी नगरपालिका-१६ घर भएका २३ वर्षीय सागर माझीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .