ad ad

समाज


शनिबार नेपाल भित्रिँदै पश्चिमी न्यून चापीय प्रणाली, वर्षाको सम्भावना कति?

शनिबार नेपाल भित्रिँदै पश्चिमी न्यून चापीय प्रणाली, वर्षाको सम्भावना कति?

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १०:४३, काठमाडौँ

शनिबार नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली (मौसमको एउटा प्रणाली) भित्रिने अनुमान मौसमविद्ले गरेका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरेकोटीका अनुसार भोलि शनिबार पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्न लागेको हो।

‘तर त्यो त्यति बलियो प्रणाली नभएकाले अलिअलि मात्र पानी पर्नसक्छ’, उनले भनिन्, ‘मौसम बदली भई बादल लाग्ने भएकाले गर्मीमा केही राहत भने होला कि?’

मौसम महाशाखाको प्रक्षेपणअनुसार शनिबार दिउँसो पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली भई देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

मौसमविद्का अनुसार आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाशको २६ देखि ५१ प्रतिशतसम्म बादल लाग्नु हो भने साधारणतया बदली भनेको सम्बन्धित क्षेत्रको आकाश ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म बादलले ढाकिनु हो।

अनि मुख्यतया सफा भनेको चाहिँ कतै कतै मात्र बादल अर्थात् आकाशको २५ प्रतिशत भागमा मात्र बादल लाग्नु हो।  

महाशाखाका अनुसार शनिबार दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

धेरै दिनदेखि पानी पर्न नसक्दा देशभर तापक्रम बढेको छ। प्रचण्ड गर्मीले खासगरी तराईको जनजीवन निकै कष्टकर भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाले अझै आइतबारसम्म खासै वर्षाको सम्भावना नदेखिएको जनाएको छ। 

महाशाखाका अनुसार आइतबार दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली भई देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

यस क्रममा कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस्तै आइतबार राति पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली भई देशका बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

यस क्रममा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मौसमविद्का अनुसार एक/दुई स्थानमा मात्रै वर्षाको सम्भावना देखिनु सम्भावना धेरै हुनु होइन। 

मौसम महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम प्रक्षेपण गर्ने गरेको छ। 

आज (शुक्रबार) भने देशभर कतै पनि वर्षाको सम्भावना देखिएको छैन। 

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई देशका बाँकी स्थानमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ।

यस्तै राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली भई देशका बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .