अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशले आज बिहान पोखरामा मजदुरको र्याली निकालेको छ।
श्रमिक र्यालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पनि सहभागी भएका छन्।
त्यसैगरी माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियम महासंघले पनि अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सुनसरीको इटहरीमा सरसफाइ कार्यक्रम गरेको छ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज निर्मल बराल, अर्का केन्द्रीय सदस्य एवम् मजदुर फाँटका इन्चार्ज डम्बर सुवेदी (हिमाल) लगायतको सहभागिता थियो।
9
Shares
प्रतिक्रिया