केही दिनअघि भारतको गुजरातस्थित भुज सहरको एउटा स्कुलमा रजस्वाला भएनभएको जाँच गर्न ६६ जना किशोरीको कपडा खोलिएको थियो।
श्री सहजानन्द गर्ल्स इन्स्टिच्युट नामक सो स्कुलमा विद्यार्थीमाथि दुर्व्यवहार गरेका प्रिन्सिपल रिता रनिंगा, कोअर्डिनेटर अनिता चौहान, होस्टेल सुपरभाइजर रमिला हिरानी र पियन नयना गोरसियालाई प्रहरीले सोमबार पक्राउ पनि गरिसकेको छ।
सो स्कुल एउटा मन्दिरले सञ्चालन गरिरहेको छ। जसको नाम हो, स्वामीनारायण मन्दिर। सो मन्दिरका एक धर्मगुरु हुनर स्वामी कृष्णस्वरुप। यी स्वामीले रजस्वालाबारे दिएको उट्पट्याङ अभिव्यक्ति अहिले चर्चामा छन्।
‘रजस्वाला भएकी महिलाले पतिलाई खाना पकाएर खुवाए ऊ अर्को जुनीमा कुकुर्नी भएर जन्मिन्छे। त्यस्तो खाना खाने लोग्नेमान्छे भने साँढे भएर जन्मिन्छ,’ यी धर्मगुरु भन्छन्।
त्यसैले पुरुषहरुले पनि खाना पकाउनुपर्ने सुझाव उनले दिएका छन्।
A woman’s body prepares for pregnancy every month & if the egg is not fertilized, our body expels the thicker lining of the uterus from the vagina. This is our period. A biological process.
What kind of a mindset holds that against a woman ? pic.twitter.com/c4EcPfuyBC
उनको सो भिडियो केही पुरानो भएको बताइएको छ।
स्वामीको यस्तो दाबीको अहिले सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ। एजेन्सी

प्रतिक्रिया