ad ad

समाज


सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते

घटनास्थल


नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार ९:६, काठमाडौँ

सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

दुर्घटनामा अन्य ५२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले जानकारी दिए। 

‘दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट गएराति जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ धारावतीमा रहेकाे बेहुलीकाे घर तर्फ आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस आज (शुक्रबार) बिहान धारावतीमा दुर्घटनामा परेको हो,’ डीएसपी भट्टराईले नेपालखबरसँग भने, ‘तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। ५२ जना घाइते छन्। त्यसमध्ये सात जनाको अवस्था गम्भीर छ।’

शुक्रबार बिहान साढे सात बजे बस दुर्घटनामा परेको हो। उनले मृतक र घाइते कसैको पनि नाम नखुलेको बताए। 

बस सडकबाट झण्डै १०० मिटर तल खसेको छ। ‘अहिले घटनास्थलमा उद्धारको काम चल्दैछ,’ डीएसपी भट्टराईले भने, ‘गम्भीर अवस्थाका सात जना घाइतेलाई थप उपचारको लागि बाह्रबिसेतिर ल्याइँदैछ। बाँकी ४५ यात्रुलाई उपचारको लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ।’

बसमा ५५ जना सवार रहेको अनुमान प्रहरीले गरेको छ। ‘बस मुनी कोही च्यापिएका छन् कि भनेर बस पल्टाएर हेर्ने काम हुँदैछ,’ उनले भने। 

बेहुला सोही बसमा थिए कि थिएनन् भन्ने पनि नखुलेको उनले बताए। ‘बेहुला, मृतक, घाइते कसैको नाम खुलेको छैन। हामी थप बुझ्दै छौँ,’ उनले भने। 

घटनाको विस्तृत विवरण आउँन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .