समाज


थाइल्यान्डमा विश्व युवा सम्मेलन सम्पन्न

थाइल्यान्डमा विश्व युवा सम्मेलन सम्पन्न

नेपालखबर
बैशाख २, २०८१ आइतबार १७:५३, काठमाडौँ

विश्व युवा सम्मेलन थाइल्यान्डमा सम्पन्न भएको छ। ग्लोबल युथ पार्लियामेन्टद्वारा बैंककमा आयोजित दुई दिने द योङ्ग एचिभर्स समिट एण्ड अवार्ड २०२४ आइतबार सम्पन्न भएको हो। 

बैंककस्थित सुकुम्बितमा आयोजित समारोहमा थाइल्यान्डको प्रतिनिधिसभा सांसद सुपाकोन तांगटिफाईबुँतना र डिफेन्स कमिसनका अध्यक्ष वीरोज लाखनाडिसोरान, योंग जेनेरेसन नेटवर्क (वाइजिएन) को संयोजक नाथाकृत छाइछनाकुल, विभिन्न देशका युवा प्रतिनिधि सहभागी थिए। 

ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालकाअनुसार सम्मेलनमा विभिन्न देशमा प्रतिष्ठित २० जना बढी युवाहरूलाई योङ एचिभर्स अवार्ड प्रदान गरिएको छ।

थाइल्यान्ड निवासी लोकेन्द्र ओली, अमेरिका निवासी अशोक नेगी, युवा उद्यमी सुनिल खड्कालगायत नेपाली युवा  पनि अवार्डबाट सम्मानित भए। 

ग्लोबल युथ पार्लियामेन्ट अवार्ड सन् २०१७ देखि सुरूवात भएको हो। यो हरेक वर्ष हुँदै आएको छ। युवा सम्मेलनमा ८२ भन्दा बढी देशका युवाले सहभागिता जनाइसकेका छन्।

युथ पार्लियामेन्ट युवाहरूले आफ्नो आवाज बुलन्द गर्ने प्लेटफर्म हो। नेतृत्व विकास, युवा सशक्तीकरण, जलवायु परिवर्तनले युवामा पारेको असरलगायत वैश्विक समस्याबारे छलफल हुने गर्छ।

यसपटक एआई प्लेटमफर्म र डिप्लोमेसी तथा जलवायु परिवर्तनले युवाहरूमा पारेको प्रभावबारे छलफल भएको अध्यक्ष उपाध्यक्ष कैलाश श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .