राजनीति


राजतन्त्र फर्काउने कुरा असम्भव जस्तो लाग्छ : देउवा (भिडिओ)

राजतन्त्र फर्काउने कुरा असम्भव जस्तो लाग्छ : देउवा (भिडिओ)

नेपालखबर
बैशाख २, २०८१ आइतबार १८:५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन्।

आइतबार काठमाडौँमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्ने पनि बताए।

‘बहुदलीय व्यवस्था मात्रै होइन, हुँदाहुँदा राजा नै गए। अब ती राजा पनि मरे। उनका छोराछोरीहरु सबै मरे। अर्को राजा आएपछि त झन उ चाहीँ आफैँ गए। उनी पनि अहिले टिक्न नसकेर हट्नुप¥यो,’ देउवाले भने, ‘त्यसैले यस्तो यो अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुपर्‍यो भनेर मान्छेहरु हिँड्दैछन्। राजा फर्किन्छ भन्ने होइन। यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ।’

उनले विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताए। 

भिडिओ:

‘धेरै कुराहरु सुधार गर्न पनि सहमति हुनुपर्छ, दुई तिहाई चाहिन्छ। केही समस्या र कमी कमजोरी रहन्छन् भनेपनि सुधार गरेर जाऔँ। तर अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले। यो व्यवस्थालाई सुदृढीकरण गर्दै जानुपर्छ,’ उनले भने, ‘हिजो बन्दुक उठाएकाहरु पनि अहिले बहुदलीय व्यवस्थालाई मानेर आएको छ। युद्धलाई सबैले छोडेको छ। त्यसकारण को सरकारमा छ, को छैन भन्दा पनि महत्वपूर्ण कुरा बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यकता छ। बलियो बनाउन आवश्यकता छ।’

सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका लागि स्व.थापाको महत्वपूर्ण भुमिका रहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .