ad ad

समाज


किशोरीहरूलाई यौनकार्यमा लगाउने महिला तारकेश्वरबाट पक्राउ

किशोरीहरूलाई यौनकार्यमा लगाउने महिला तारकेश्वरबाट पक्राउ

फाइल तस्बिर


नेपालखबर
चैत २९, २०८० बिहिबार १८:४७, काठमाडौँ

किशोरीहरुलाई यौनकार्यमा लगाएको अभियोगमा तारकेश्‍वर नगरपालिका-११ हिलेटोलस्थित पश्‍चिम युना खाजाघरकी सञ्चालक पक्राउ परेकी छन्।

प्रहरीले हिलेटोलमै बस्ने बर्दिया बाँसगढी नगरपालिका-१ की २६ वर्षीया मुनु गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

उक्त खाजाघरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी यौनधन्दामा लगाउने गरेको सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले मुनुलाई सोही टोलबाट पक्राउ गरेको हो। 

उक्त खाजाघरबाट २ जना नाबालिकासहित ७ जना युवतीहरूको प्रहरीले उद्दारसमेत गरेको छ।

उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .