ad ad

समाज


हिमाल आरोहण: लेक लाग्दा देखिन्छन् यस्ता लक्षण, यी हुन् बच्ने उपाय

हिमाल आरोहण: लेक लाग्दा देखिन्छन् यस्ता लक्षण, यी हुन् बच्ने उपाय

फाइल तस्बिर


नेपालखबर
चैत २९, २०८० बिहिबार ११:३४, काठमाडौँ

वसन्त ऋतुमा हुने हिमाल आरोहण सुरु भएको छ। यतिबेला धेरै आरोही नेपालका विभिन्न हिमालको आरोहणमा छन्। 

तर, हिमाल आरोहणमा जाँदा सावधानी अपनाउन सकिएन भने स्वास्थ्यमा गम्भीर समस्या सिर्जना हुनसक्छ। 

एकैपटक निकै उचाइमा जाँदा लेक लाग्ने सम्भावना धेरै हुन्छ। 

स्वास्थ्य निर्देशनालयले सूचना जारी गर्दै हिमाल आरोहणको क्रममा लेक लाग्नबाट जोगिन विभिन्न उपायहरु सुझाएको छ। 

२५ सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुनुलाई लेक लागेकाे भनिन्छ। 

लेख लाग्दा निम्न लक्षणहरु देखिन्छन्
टाउको दुख्ने
वाकवाकी लाग्ने, बान्ता हुने
श्वासप्रश्वासमा गाह्रो हुने
फोक्सोमा पानी जम्न थाल्छ
आराम गर्दा पनि स्वाँस्वाँ हुन्छ
खोकी लाग्छ
खकारमा रगत देखिन्छ
छाती भारी हुन्छ
मस्तिस्कमा पानी जम्छ
टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ
होस हवास हराउँछ
कुराहरु विर्सने हुन्छ
पिसाव कम हुन्छ। 


लेक लाग्नबाट यसरी बच्न सकिन्छ
एक्कासी धेरै उचाइको यात्रा नगर्ने
आराम गर्दै बिस्तारै उचाइमा जाने
लक्षण देखा परे तुरुन्तै कम उचाइतिर झर्ने
झोल पदार्थ खाने
कडा एक्सरसाइज नगर्ने
न्यानो कपडा लगाउने
रक्सी, चुरोट सेवन नगर्ने
स्लिपिङ ट्याबलेट नखाने
गाह्रो भए तुरुन्तै प्रहरीलाई खबर गर्ने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .