समाज


भक्तपुरमा सुरु भयो बिस्केट जात्रा, ८ रात ९ दिनसम्म चल्ने

भक्तपुरमा सुरु भयो बिस्केट जात्रा, ८ रात ९ दिनसम्म चल्ने

नेपालखबर
चैत २७, २०८० मंगलबार १२:५३, काठमाडौँ

तान्त्रिक विधिबाट भक्तपुरमा आठ रात, नौ दिन मनाइने बिस्काः जात्रा आजदेखि सुरु भएको छ। जात्रा शान्तिपूर्ण ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै मंगलबार बिहान भक्तपुरमा सद्भाव ¥याली निकालिएको छ। 

बिस्का जात्रालाई ढुङ्गा हानाहान नगरी शान्तिपूर्ण रूपमा भव्यसँग मनाउने सन्देश प्रवाह गर्दै दत्तात्रयबाट सद्भाव र्याली निकालिएको हो। दत्तात्रयबाट सुरु भएको र्याली पाँचतले मन्दिर प्राङ्गण तौमढीमा पुगेर सद्भाव सभामा परिणत भएको थियो।

‘बिस्केट जात्रा शान्तिपूर्ण रूपमा मनाऔँ’ नारासहित भएको र्यालीमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, विभिन्न विद्यालय एवं क्याम्पसका विद्यार्थी, नेपाल स्काउट, स्थानीय क्लब, सहकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि  सहभागी थिए। 

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले बिस्काः जात्रा भक्तपुरको गौरव हो भन्दै जात्राबारे सबैलाई जानकारी दिन स्थानीय पाठ्यक्रम निर्माण गरी भक्तपुरका ९२ वटै विद्यालयमा यसको पढाइ भइरहेको बताए। 

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बिस्का जात्रा भक्तपुरवासी एवं नेपालकै पहिचान भएकाले यसलाई शान्तिपूर्ण बनाउन सबैले हातेमालो गर्नुपर्ने बताइन्। गुठी संस्थान भक्तपुरका प्रमुख खिमा वलीले जात्राको आवश्यक तयारी सबै पूरा गरेको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .