राष्ट्रियसभा उपाध्यक्षका लागि नेकपा एमालेका तर्फबाट विमला घिमिरे र नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन्।
संसद् भवन नयाँ बानेश्वर पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन भोलि (२८ चैत)मा हुँदैछ।
सत्ता गठबन्धनमा सहमति भएअनुसार उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो। पछि नेकपा एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमा सामेल भएपछि उक्त बुँदा हटाइएको थियो।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरू दुवैले आफनो जित निश्चत रहेको दाबी गरेका छन्।
राष्ट्रियसभामा माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एकीकृत समाजवादीका ८ र जनता समाजवादीका ४ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका १६ सांसद छन्।
129
Shares
प्रतिक्रिया