पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिस्टहरूले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन्।
कम्युनिस्टहरू नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काममा लागिरहेको पनि उनले बताए।
नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैं मेटिने दाबी पनि उनले गरेका छन्।
नेपालीहरूको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको महतोले बताए।
उनले शनिबार भएको प्रदर्शनका क्रममा धर्मगुरु र लामाहरूमाथि लात्ती-मुक्का हानिएको भन्दै आपत्ति प्रकट गरेका छन्।
क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइरहेको भन्दै महतोले अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको उल्लेख गरे।
‘कम्युनिस्टहरुले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे। धर्म मेटाइदिने काम गरे। सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिन लागे। सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो', उनले भने, 'नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैं मेटिन्छन्।'
उनले नेपालका सभ्यता, संस्कृति र धर्म र पहिचानमाथि पटक पटक पुष्पकमल दाहाल प्रचण्डदेखि केपी ओलीसम्मले गरेका बताए।
'यिनीहरुको पतन हुन्छ। क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइसक्यो। नेपाली जनतालाई अब ठग्ने दिन गए’, उनले भने।
नेता महतोले अब नेपालमा आयातित विदेशी विचारबाट शासन नचल्ने पनि बताएका छन्।
भिडिओ
Shares

प्रतिक्रिया