ad ad

समाज


सवारी दुर्घटनामा पूर्वमन्त्री खान घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

सवारी दुर्घटनामा पूर्वमन्त्री खान घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

नेपालखबर
चैत २६, २०८० सोमबार १४:४०, काठमाडौँ

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् संघीय संसद्‍को उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खान सवारी दुर्घटनामा परेका छन्।

काठमाडौंबाट बर्दिया जाने क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा उनी सवार गाडी सोममबार दुर्घटनामा परेको हो। 

दुर्घटनामा पूर्वखानेपानीमन्त्रीसमेत रहेका खानसहित उनको सचिवालयका सदस्यहरू दुर्घटनामा घाइते भएका खानका स्वकीय सचिव अतिहल्लाह मुसलमानले बताएका छन्। 

सवारी दुर्घटनापछि सबैजनलाई उद्धार गरेर अहिले उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको स्वकीय सचिव मुसलमानले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .