उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा हालेकी छन्।
पौडेलले गाली बेइज्जती कसुरमा शुक्रबार विभिन्न सञ्चारमाध्यमका अध्यक्ष, प्रकाशक र सम्पादकविरुद्ध मुद्दा दर्ता गराएकी हुन्।
उनले सहकारी ठगीका विषयमा आफ्नो पनि नाम जोडेर समाचार लेखेको भन्दै उनीहरूविरुद्ध मुद्दा हालेकी हुन्।
साई स्वागत सहकारी संस्थाको रकम हिनामिना प्रकरणको समाचारमा पौडेलको नाम उल्लेख थियो।
उक्त सहकारीमा पहिले उपाध्यक्ष रहेकी पौडेलले केही महिनाअघि नै सो पदबाट राजीनामा दिइसकेकी थिइन्।
771
Shares
प्रतिक्रिया