समाज


भुपू गाेर्खाकाे चेतावनी: एक महिनाभित्र माग पुरा नभए आमरण अनसन

भुपू गाेर्खाकाे चेतावनी: एक महिनाभित्र माग पुरा नभए आमरण अनसन

नेपालखबर
फागुन ४, २०७६ आइतबार ११:१५,

भुतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पुरा नभए आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन्।

बेलायत सरकारले समान व्यवहार नगरेको, सेवाको स्वच्छ मुल्यांकन नभएको र मानवीय व्यवहार समेत नगरेको भन्दै लामो समयदेखि संघर्षरत गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पुरा गर्न चेतावनी दिएका हुन्।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भुपू गोर्खा सैनिकहरुले समान पेन्सन सेवा, नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ती, बयस्क छोरा–छोरीहरुलाई बेलायतमा निशर्त आवासीय भिसा दिनुपर्ने माग गर्दै आमरण अनसनको चेतावनी दिएका हुन्।

विधवाहरुको समान पेन्सनको व्यवस्था हुनुपर्ने, भूपू गोर्खा सैनिकहरुको स्वाभिमान, राष्ट्रियता, मानव अधिकार र सम्मानको अनुभूत गर्नेगरी मागहरु पुरा गर्न नेपाल सरकार र बेलायत सरकारलाई माग गरिएको भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले बताए।

भुपू गार्खाहरुले मार्च १५, २०२० सम्मको समयसीमा भित्र दुबै देशले वार्ता समिति गठन गरी वार्ताको सुरुवात गर्ने विश्वास लिएका छन्। उक्त समयसम्म आफ्ना मागहरुका विषयमा गम्भीर नभए आमरण अनसनका साथै मद्दाहरु लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा जाने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad