कारोबार


सीजी टेलिकमले भन्योः शर्त पूरा गरेपछि सवा करोड डलर अनुदान पाएका हाैँ

सीजी टेलिकमले भन्योः शर्त पूरा गरेपछि सवा करोड डलर अनुदान पाएका हाैँ

नेपालखबर
फागुन ४, २०७६ आइतबार ११:१३,

नेपालमा सुलभ र सस्तो हुने गरी दूरसञ्चार सेवा दिन सरकारको अनुमति पर्खिरहेको चौधरी ग्रुपको सीजी टेलिकमले सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले केही दिनअघि दिएको अभिव्यक्तिको खण्डन गरेको छ।

केही दिनअघि सञ्चार, सूचना तथा प्रविधिमन्त्री बाँस्कोटाले सीजी टेलिकमले १ करोड १८ लाख अमेरिकी डलर अनुदान पाए पनि त्यसको शर्त पालना नगरेको र सरकारले अनुसन्धान गर्ने बताएपछि सीजीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीको भनाइको खण्डन गरेको हो।

यद्यपि विज्ञप्तिमा मन्त्रीको नाम उल्लेख गरिएको छैन। सीजी कम्युनिकेसन प्रालिका प्रवक्ता मधुसूदन पौडेलले केही सञ्चारमाध्यममा कम्पनीले १ करोड १८ लाख अमेरिकी डलर अनुदान लिएको बारे प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताए।

याे पनि
सरकारलाई सीजी टेलिकमको प्रश्नः १० वर्षमा बुझाउनुपर्ने २० अर्ब सुरुमै किन?

‘उक्त अनुदान तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले पूर्वाञ्चलको ग्रामीण क्षेत्रमा दूर सञ्चार सेवा पुर्याउन विश्व बैंकबाट पुँजीगत अनुदान प्राप्त गरेको हो’, विज्ञप्तिमा भनिएको छ, ‘यो अनुदान उपहार दिइएको होइन, शर्तअनुसार कार्यप्रगति र मापदण्डहरु पूरा भएपछि पाँच किस्तामा उक्त रकम निकासा गरिएको हो।’

याे पनि
सीजी टेलिकमसँग सञ्चारमन्त्रीले मागे १ करोड डलर अनुदानको हिसाबकिताब

पौडेलका अनुसार एसटीएमले तोकिएको समय र क्षेत्रमा १४ सय पीसीओ स्थापना गरी उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दूरसञ्चार प्राधिकरणले सन् २००७ अप्रिल २ मा सम्पन्नताको प्रमाणपत्र जारी गरेको थियो। त्यसपछि मात्र कम्पनीले सन् २०१३ मा एसटीएम खरिद गरेको उनको भनाइ छ।

यस्ताे छ प्राधिकरणले दिएकाे पत्रः

cg licence

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad