समाज


पर्वतमा वृद्ध दम्पतीको घरभित्रै हत्या, अनुसन्धान गर्दै प्रहरी

पर्वतमा वृद्ध दम्पतीको घरभित्रै हत्या, अनुसन्धान गर्दै प्रहरी

घटनास्थलमा प्रहरी। तस्बिर : नेपालखबर


नेपालखबर
चैत २०, २०८० मंगलबार १२:४५, काठमाडौँ

पर्वतमा गएराति एक वृद्ध दम्पतीको हत्या भएको छ।

जिल्लाको जलजला गाउँपालिका-२ मल्लाज दहमा गएराति वृद्ध दम्पतीको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ६८ वर्षीय सूर्यबहादुर जीसी र उनकी श्रीमती ६५ वर्षीया गमला जीसीको हत्या भएको हो।

उनीहरूको गएराति घरमै सुतिरहेको अवस्थामा हत्या भएको हो। दुवैजनालाई मंगलबार बिहान घरभित्रै मृत अवस्थामा फेला पारिएको वडाअध्यक्ष प्रकाश घर्ती क्षत्रीले बताए।

वडाअध्यक्ष क्षत्रीका अनुसार उक्त घरमा वृद्ध दम्पती मात्रै बस्ने गरेका थिए।

‘दुवैजनाको दैलाको आग्लो र चिर्पटले हत्या गरेको देखिएको छ’, उनले भने, ‘जिल्लाबाट प्रहरीको टोली आइसकेको छ। थप अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पनि पोखराबाट मगाइएको छ।’

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतको टोली अहिले त्यहाँ पुगिसकेको छ। 

जिल्ला प्रहरी कार्यालयका डीएसपी खुमलाल भुसालसहितको टोलीले घटनाको अनुसन्धान अघि बढाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .