ad ad

समाज


झापाका सुरक्षा अधिकारीसँग गृहमन्त्रीले भने : कानुनबाहिरको कुरामा कसैले दबाब दिए मलाई भन्नुस्

झापाका सुरक्षा अधिकारीसँग गृहमन्त्रीले भने : कानुनबाहिरको कुरामा कसैले दबाब दिए मलाई भन्नुस्

नेपालखबर
चैत १६, २०८० शुक्रबार १५:०, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने शुक्रबार झापा पुगेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लासमेत रहेको झापा पुगेर उनले त्यहाँ सुरक्षाअधिकारीलाई निर्देशन दिएका छन्।

यति बेला ओली पनि झापामै रहेका छन्। दुवै नेताहरू सत्ता गठबन्धनका सदस्य हुन्। 

इलाममा शनिबार हुने राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्फबाट औपचारिक उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्न लामिछाने झापा पुगेका हुन्।

इलामतिर उक्लिनुअघि उनले झापाका सुरक्षा अधिकारीलाई निर्देशन दिँदै आमनागरिकलाई सेवा दिनु नै सबैजनाको जिम्मेवारी रहेको बताए।

उनले राजनीतिक रुपमा सरकार आउने जाने भए पनि स्थायी सरकार कर्मचारी भएका बताए। ‘राजनीतिक रूपमा सरकार आउँछन्, जान्छन्। स्थायी सरकार (कर्मचारी)ले नागरिककाे सेवालाई प्राथमिमकता दिनुपर्छ’, उनले भने, ‘कानुनले दिएकाे जिम्मेवारी पूरा गर्नुस्। कान'नभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए मलाई भन्नुस्।’

लामिछानेले नागरिकका गुनासाे सम्बाेधनमा प्राथमिकता दिन पनि निर्दशन दिएका छन्। ‘गुनासाे लिएर तपाईंभन्दा माथि काेही जानू नपराेस्’, उनले भने, ‘नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरि काम गर्नुपर्छ।’ 

उनले नियमित कामका लागि निर्देशन नकुर्न पनि भनेका छन्। 

‘म प्रश्न साेध्नेबाट जवाफ दिने ठाउँमा पुगेकाे छु। अब तपाईंहरूले गर्ने काम नै मेराे जवाफकाे आधार हाे’, उनले भने, ‘मलाई नाजवाफ बनाउनु हुन्छ कि स्पष्ट जवाफ दिने? तपाईंहरुकाे हातमा छ। त्यही अनुसार काम गर्नुस्।’

लामिछानेले पीडितभन्दा पीडक पहिला प्रशासन/प्रहरीमा आउने, उनीहरूसँगै प्रशासन/प्रहरीकाे हिमचिम गर्ने प्रवृत्ति अन्त्य हुन पर्नेमा पनि जोड दिए।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसमेत उपस्थित कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्ताेलाले जिल्लाकाे वस्तुस्थिति, सेवा प्रवाह, सुरक्षालगायत विषयमा गृहमन्त्रीलाई जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .