ad ad

समाज


कर्णाली पुलबाट हामफालेका युवकको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन

कर्णाली पुलबाट हामफालेका युवकको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन

नेपालखबर
चैत १३, २०८० मंगलबार १५:२६, काठमाडौँ

सोमबार कर्णाली पुलबाट हामफालेर बेपत्ता भएका युवकको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैध्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा गोताखोर परिचालन गरिएको एपीएफले जनाएको छ।

सोमबार दिउँसो होली खेल्दै रमाइरहेका १७ जना युवक एकपछि अर्को गर्दै कर्णाली पुलबाट धमाधम नदीमा हाम फालेका थिए।

उनीहरुमध्ये कैलालीको लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही अझै बेपत्ता भएका छन्।

सयौँ मानिसको अघिल्तिर कर्णालीमा हेलिएका उनको तत्कालै किनारमा रहेका दुईवटा डुंगाले खोजी सुरु गरेपनि डुंगा चालकले भेट्टाउन सकेनन्।

मंगलबार बिहानदेखि सुरक्षाकर्मी र स्थानीयले उनको खोजी गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .