समाज


ड्युटीमै चट्याङ लागेर ज्यान गुमाएका प्रहरीको शव परिवारलाई बुझाइयो

ड्युटीमै चट्याङ लागेर ज्यान गुमाएका प्रहरीको शव परिवारलाई बुझाइयो

नेपालखबर
चैत ८, २०८० बिहिबार १४:४५, काठमाडौँ

पाँचथरको हिलिहाङ प्रहरी चौकीमा ड्युटीकै बेला मंगलबार राति चट्याङ लागेर ज्यान गुमाएका सहायक हवल्दार पाण्डवकुमार माझीको शव आफन्तलाइ जिम्मा लगाइएको छ।

मंगलबार राति कार्यालयमा ड्युटीका बेला चट्याङ लागेर मृत्यु भएका सहायक हवल्दार ३५ वर्षीय माझीको शव बिहीबार आफन्तलाई जिम्मा लगाइएको हो।

जिल्ला अस्पताल फिदिममा पोस्टमार्टमपछि जिल्ला प्रहरी कार्यालयले माझीलाई श्रद्धाञ्जली दिन कार्यक्रम गरेको थियो।

श्रद्धाञ्जलीसभापछि माझीको शव मोरङको ग्रामथान गाउँपालिका–४ स्थित घरमा पठाएर परिवारलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक दिवस कुँवरले बताए। 

चट्याङको झट्काले घाइते उनलाई प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा प्राथमिक उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। तर फिदिमस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा उनले ज्यान गुमाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .