समाज


माइली राईलाई लालीगुराँस बाटिकाका विद्यार्थीले गरे आर्थिक सहयोग

माइली राईलाई लालीगुराँस बाटिकाका विद्यार्थीले गरे आर्थिक सहयोग

नेपालखबर
चैत १, २०८० बिहिबार १४:०, काठमाडौँ

आर्थिक अवस्था कमजोर भएकी माइली राईलाई काठमाडौंको कोटेश्वर नरेफाँटस्थित लालीगुराँस बाटिका माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूले एकआपसमा संकलन गरेर आर्थिक सहयोग गरेका छन्।

दिवंगत पतिको शवलाई शवबहानमा राखेर दाहसंस्कारका लागि आर्यघाटसम्म लान नकस्दा रिक्सामै डोर्‍याउन बाध्य माइलीलाई लालीगुराँसका विद्यार्थीहरूले ११ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। 

पतिको किरिया बसेकी माइलीलाई शिक्षक र विद्यार्थीहरूले एकआपसमा संकलन गरेको उक्त रकम पशुपति क्षेत्रमै पुगेर हस्तान्तरण गरिएको विद्यालयका प्राचार्य हरि शिवाकोटीले बताए। 

‘हामी विद्यालय परिवारलाई छोयो। हामीले सहयोग गर्यौँ। तर शहर गरिब बस्न सक्ने ठाउँ चाहिँ रहेनछ’, उनले भने, ‘हामीलाई त गाउँ नै ठिक छ। छिमेकी छन्। आड भरोसा छन्। मर्दा छिमेकी छन्। पर्दा छिमेकी छन्। पैसा नभएको कारण कुनै विधवाले लास तान्न पर्दैन। बोक्न पर्दैन गाउँमा। किनकी त्यहाँ अझै मानवता जीवित छ। तर शहर किन यति क्रुर हुदै गएको? सोच सबैले सच्याऔँ’, उनले भने।

माइलीसँग पैसा नहुँदा शवबहानले उनका पतिको शव नलगेको थाहा पाउँदा मानवता हराएको महसुस भएको उनले बताए। 

‘पैसा नहुँदा शववाहनले लगेन। छिमेकीले महानगरको नि:शुल्क शववाहनलाई बोलाइदिएको भए सायद ठेलामा श्रीमानको लास ठेल्दै शवदाह गृहमा पुऱ्याउनु पर्दैनथ्यो होला’, उनले भने, ‘पैसा नभएपछि विद्युतीय शवदाह गृहले पनि जलाउँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .