समाज


नक्कली सुन धितो राखेर बैंकलाई चार करोड ठगेको आरोपमा एक व्यक्ति पक्राउ

नक्कली सुन धितो राखेर बैंकलाई चार करोड ठगेको आरोपमा एक व्यक्ति पक्राउ

नेपालखबर
फागुन ३०, २०८० बुधबार १८:१७, काठमाडौँ

नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी ४ करोड बढी रकम ठगेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरी जिल्लाको कन्चनरुप गाउँपालिका–८ घर भएका रामचन्द्र साहको छोरा वर्ष ४१ को टोकनाथ साह रहेको प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

टोकनाथले नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी ४ करोड १४ लाख ८४ हजार कर्जा लिई उक्त कर्जा नतिरी फरार भएका थिए।

उनलाई उच्च अदालत विराटनगरबाट ९८ लाख ८५ हजार ५ सय ६४ रुपैयाँ विगो र ३ वर्ष कैदको फैसला भएको थियो।

साथै निजले लव वली समेत विभिन्न व्यक्तिहरुलाई अमेरिका पठाउने भनी एक करोड रुपैयाँ ठगेको प्रहरी अनुसन्धानमा खुलेको छ। साहलाई फागुन २८ गते काठमाडौंको बौद्धस्थित हयात होटलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा साहबाट निम्न कुराहरु खुल्न आएका छन्ः
क) उनले नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखेर ४ करोड १४ लाख ८४ हजार कर्जा लिई नेपाल बैंक लिमिटेडलाई सो रकम भुक्तानी नगरेकोले उच्च अदालत विराटनगरबाट ९८ लाख ८५ हजार ५ सय ६४ रुपैयाँ विगो र ३ वर्ष कैदको फैसला भएको छ।     

ख) साहले बेरोजगार युवा युवतीहरुलाई विदेश पठाउने प्रलोभनमा पार्ने आफ्नो जीवन शैली रवाफपूर्ण देखाउने, आफू अमेरिकाका सम्पूर्ण ठाउँ घुमे जसरी व्याख्या गर्ने, कोटा थोरै भएकोले पहिला जो आउँछ उही जान्छ भनी आफूलाई एकदम व्यस्त देखाउने र पीडितलाई प्रभावमा पारी ठगी गर्ने गरेको पाइएको छ।

ग) आफूलाई दिपक सोनी भनेर पनि चिनाउने र विभिन्न व्यक्तिलाई प्रयोग गर्ने, विभिन्न कम्पनीका १५ थान सिम प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad