ad ad

समाज


लोक सेवाले माग्यो ५३७ खरिदार (सूचनासहित)

लोक सेवाले माग्यो ५३७ खरिदार (सूचनासहित)

नेपालखबर
फागुन ३०, २०८० बुधबार १०:१४, काठमाडौँ

लोक सेवा आयोगले ठूलो संख्यामा खरिदार माग गर्दै दरखास्त आह्वान गरेको छ। 

आयोगले आज सूचना जारी गर्दै ५ सय ३७ जना खरिदार (राजपत्र अनंकित द्वितीयश्रेणी अप्राविधिक) का लागि आवेदन माग गरेको हो।

आयोगले धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा रहेका आफ्ना कार्यालयमा आवेदन दिन सकिने जनाएको छ। 

लिखित परीक्षा, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ताका माध्यमबाट ५ सय ३७ जना खरिदार कर्मचारी छनोट गरिने सूचनामा उल्लेख छ। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि यही चैत २० सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ। 

दोब्बर दस्तुर तिरेर भने चैत २७ सम्म आवेदन दिन सकिने छ। सामान्य ज्ञान तथा आधारभूत सिप परीक्षण आगामी वैशाख २९ गते बिहान ११ बजे हुने आयोगले जनाएको छ। त्यस्तै प्रथम चरणको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारका लागि दोस्रो र तेस्रो पत्रको परीक्षा आगामी असार १४ र १५ मा हुने सूचनामा उल्लेख छ।

आयोगले धनकुटामा ३८, इलाममा ३१, खोटाङमा २६, जलेश्वरमा ७१, काठमाडौंमा ११८, हेटौंडामा १६, पोखरामा ४५, बागलुङमा २०, बुटवलमा ३५, दाङमा २७, सुर्खेतमा ३१, जुम्लामा १८, दिपायलमा ३४ र महेन्द्रनगरमा २७ जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। 

हेर्नुहाेस् सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .