ad ad

राजनीति


परराष्ट्रमन्त्री श्रेष्ठलाई दिए भारतीय र चिनियाँ समकक्षीले बधाई

परराष्ट्रमन्त्री श्रेष्ठलाई दिए भारतीय र चिनियाँ समकक्षीले बधाई

फाइल तस्बिर


नेपालखबर
फागुन ३०, २०८० बुधबार १०:३६, काठमाडौँ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीले बधाई दिएका छन्। 

भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यीले छुट्टाछुट्टै बधाई सन्देश पठाउँदै परराष्ट्रमन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।

परराष्ट्रमन्त्री श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामनाका लागि राजदूतद्यप्रति आभार प्रकट गरेका उपप्रधानमन्त्री श्रेष्ठका स्वकीयसचिव सुरेशकाजी श्रेष्ठले राससलाई जानकारी दिए। 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष श्रेष्ठ यही फागुन २३ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .