भक्तपुरमा धारिलो हतियारले हानेर एक महिलाको हत्या भएको छ।
प्रहरीका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका ७ विद्युत् तालिम केन्द्रनजिक आइतबार राति सिन्धुपाल्चोकको बाँडेगाउँकी ६० वर्षीय सावित्री भट्टराईको हत्या भएको हो।
उनी त्यहाँ आफ्नी छोरी सोनाम थापा मगरको १ तले पक्की घरमा बस्दै आएकी थिइन्। राति साढे १० बजे अपरिचित मानिसले धारिलो हतियारले घाँटीमा प्रहार गर्दा घटनास्थलमै भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै हत्यारा फरार भएकाले खोजी भइरहेको भक्तपुर महानगरीय प्रहरी परिसरले जनाएको छ। प्रहरी उपरीक्षकको कमान्डमा १० जनाको टोली तत्काल घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।
घटनास्थलल भक्तपुर प्रहरी परिसरबाट ६ किमि उत्तर पर्छ।
घटनाबारे विस्तृत जानकारी महानगरीय अपराध महाशाखाले अहिले बिहान साढे ९ बजे पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गर्दै छ।
Shares

प्रतिक्रिया