ad ad

समाज


संसद्‍मा छिरेका ४९ जना लघुवित्त पीडितविरुद्ध मुद्दा चलाइँदै, ७ दिन हिरासतमा राख्न अनुमति

संसद्‍मा छिरेका ४९ जना लघुवित्त पीडितविरुद्ध मुद्दा चलाइँदै, ७ दिन हिरासतमा राख्न अनुमति

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन १५, २०८० मंगलबार १७:५२, काठमाडौँ

सोमबार दिउँसो नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रबाट संसद् भवन परिसरमा छिरेका ४९ जना लघुवित्त पीडितहरूलाई मुद्दा चलाइने भएको छ।

आन्दोलनका क्रममा संसद् भवनको गेटमा ड्युटीरत सुरक्षाकर्मीलाई ठेल्दै संसद् भवन परिसरमा छिरेकामध्ये ४९ जनालाई मुद्दा चलाउन ७ दिन म्याद लिइएको हो।

उनीहरूविरुद्ध मुद्दा अघि बढाउन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४८ जना महिला र एकजना पुरुष आन्दोलनकारीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।

उनीहरू सबैजनाविरुद्ध सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले प्रशासनबाट म्याद लिएपछि अब मुद्दा प्रक्रिया अघि बढ्ने भएको हो। 

पक्राउ परेका उनीहरूलाई काठमाडौंस्थित नयाँबानेश्ववरसहित विभिन्न प्रहरी वृत्तको हिरासतमा राखिएको छ।

यसअघि सोमबार नै लघुवित्त पीडितहरू संसद् भवन परिसरमा छिरेको प्रकरणमा प्रहरीले छानबिन समिति पनि बनाइसकेको छ।

 घटना छानबिनका लागि प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .