समाज


ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
असार १६, २०७६ सोमबार २:२,

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने भरतपुर महानगरपालिका–२९ खहरे पुलमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख २६५९ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको बा ८० प ८६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा सिन्धुली वुलन्जुका ३५ वर्षीय मुरारीप्रसाद बराल घाइते भएका छन्।

घाइते बरालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बरालको अवस्था गम्भीर छ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad