समाज


सिन्धुपाल्चोकमा सयभन्दा बढीमा कोरोना संक्रमणकाे आशंका

सिन्धुपाल्चोकमा सयभन्दा बढीमा कोरोना संक्रमणकाे आशंका

नेपालखबर
माघ २९, २०७६ बुधबार ०:४२,

चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणसहित एकैपटक सय जनाभन्दा बढी बिरामी  भएका छन्।

जुगल गाउँपालिका कार्यालयका अनुसार गाउँपालिकाको वडा नम्बर ३, गुम्बा गाउँमा एकैपटक सय जनाभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका हुन्।

मंगलबारदेखि यस्ता लक्षणसहित धेरै व्यक्ति बिरामी भएकाले कोरोनाको आशंका गरिएको भन्दै जुगल गाउँपालिकाले तुरुन्त चिकित्सकको टोली पठाई परीक्षण गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ।

जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पठाएकोे पत्रमा भनिएको छ : विश्वमा फैलिइरहेको नोवल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्यधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखापरेका हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं।’

स्वास्थ्य मन्त्रालयलाई पठाइएको पत्रः

jugal patra

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश सरकारलाई पनि बोधार्थ पठाएको छ ।

त्यहाँ बिरामीको संख्या सय नाघिसकेकाले तुरुन्त सहयोग गर्न पत्रमा आग्रह गरिएको छ।

जुगल गाउँपालिकाका अध्यक्ष होमनाराय श्रेष्ठले मंगलबार बिहानसम्म १२ जनजति बिरामी भएकामा त्यही साँझसम्म बिरामीको संख्या सय जना नाघिसकेको बताएका छन्।

बिरामी संख्या तीव्र गतिमा बढी रहेको पनि उनले उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा फेसबुकमार्फत अध्यक्ष श्रेष्ठले रुघाखोकी, ज्वरोले भाइरल रूप लिएको जानकारी दिएका हुन्।

उनले स्टाटसमा लेखेका छन्, ‘कोरोना नहोस् तर यसका लक्षण मिल्दाजुल्दा भएकाले चनाखो हुनुपर्छ भन्ने मात्र हाम्रो आग्रह हो।’

गाउँपालिकासँग उपलब्ध जनशक्ति तथा साधन/स्रोतले भ्याएसम्म भाइरल नियन्त्रणको प्रयास भइरहेको उनले बताएका छन्। साथै मद्दतका लागि स्वास्थ्य मन्त्रालयलगायत सरोकारवाला निकायसँग आग्रह गरिएको उनले उल्लेख गरेका छन्।

आज बुधबार थप चिकित्सक लिएर प्रभावित क्षेत्र गुम्बामा जाने तयारी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्।

हेरौं जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले सामाजिक सञ्जालमा राखेका जानकारीः

status

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad