छापा खबर


मुना हत्या प्रकरण : विजय चौधरीलाई विनापैसा ६ वर्षदेखि घरेलु काममा लगाएका थिए कार्की परिवारले

मुना हत्या प्रकरण : विजय चौधरीलाई विनापैसा ६ वर्षदेखि घरेलु काममा लगाएका थिए कार्की परिवारले

नेपालखबर
माघ २९, २०७६ बुधबार ०:९,

पूर्वसचिव अर्जुन कार्कीको घरमा भएको जघन्य अपराधमा संलग्नप्रति सहानुभूति देखाउन सकिँदैन।

तर गैरकानुनी रुपमा बालबालिकालाई घरेलु मजदुर राख्ने मालिकले कुटपिट मात्र होइन, श्रम शोषण र यौन उत्पीडन गरेका अनेक घटना प्रहरीमा छन्।

आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामा र भूपेन्द्र ओलीले लेखेको समाचार अनुसार पूर्वसचिव कार्कीको श्रीमती मुना कार्कीको हत्या गरेर आत्महत्या गरेको भनिएका विजय चौधरीले विना तलब ६ वर्षदेखि घरेलु काम गरेको खुलेको छ।

आफन्तका अनुसार कक्षा ६ सम्म पढेर छाडेका विजयका बाबुआमाले भविष्यमा जागिर पाउँछ भनेर छोरालाई कार्की निवास पठाएका हुन्।

विजयलाई कार्कीको घरमा सरसफाइलगायत काम लगाइएको थियो। तर, कति पैसा पाउने भन्ने निर्धारण गरिएको थिएन।

‘छोराको पढाई थिएन, कार्की सरले राम्रो जागिर लगाइदिने भनेपछि केही समय घरमा काम गर्न पठाएको हुँ,’ विजयका बाबु जानकी चौधरीले भने, ‘छोराले घरमा काम गरेबापत केही पैसा पाइएला भन्ने आशा त थियो, तर ६ वर्षसम्म छोराले एक पैसा पनि पठाएन। तलबबारे कुनै सल्लाह नै नभएकोले हामीले पनि माग्न सकेनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad