छापा खबर


यसरी ल्याइँदै छ चीनबाट नेपाली, दुईवटा सुरक्षा घेराभित्र क्वारेन्टाइनमा रहनेछन् उनीहरु

 यसरी ल्याइँदै छ चीनबाट नेपाली, दुईवटा सुरक्षा घेराभित्र क्वारेन्टाइनमा रहनेछन् उनीहरु

नेपालखबर
माघ २९, २०७६ बुधबार ०:४५,

चीनमा रहेका नेपालीलाई फागुन ३ भित्र सरकारले स्वदेश ल्याउँदैछ।

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालय र सम्बन्धित निकायबीच समन्वयात्मक रुपमा उद्धारको पूर्वतयारी भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतम र आकाश क्षेत्रीले लेखेको समाचारअनुसार उद्धार, स्वास्थ्य जाँच र निगरानीका लागि सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, पाइलट, चालकदलका सदस्य, विमानस्थलका कर्मचारी गरी तीन सयभन्दा बढीलाई तालिम दिइएको छ।

तालिमप्राप्त व्यक्ति उद्धारदेखि क्वारेन्टाइनमा खटिनेछन्। मन्त्री ढकाललका अनुसार उद्धार गर्न जाने चिकित्सक लगायत स्वास्थ्यकर्मी र पाइलटसहित चालकदलका सदस्यलाई निश्चित अवधिसम्म निगरानीमा राख्ने व्यवस्था मिलाइएको छ।

‘यहाँबाट उद्धार गर्न जानुपर्यो,’ ढकालले भने, ‘विद्यार्थीसँगै नबसे पनि निगरानीमा रहनुपर्यो।’

संक्रमित पाइए उपचारका लागि विभिन्न अस्पतालमा १ सय ९९ शय्या तयारी अवस्थामा राखिएको छ।

चीनको वुहानस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीको स्वास्थ्य जाँच गरिनेछ।

स्वास्थ्य सचिव बरालका अनुसार जहाज चढ्नुअघि चीन सरकारले नेपाली विद्यार्थीको परीक्षण गर्छ। ‘कसैमा संक्रमण भेटियो भने उसलाई चीनले यता ल्याउन दिँदैन,’ उनले भने, ‘उतै उपचार गर्छ। संक्रमण नदेखिएका यात्रु मात्र स्वदेश आउनेछन्।’

चीनबाट विद्यार्थी ल्याउँदा १२ घन्टा विमानस्थल अबरुद्ध हुनेछ। त्यसरी ल्याइनेको पहिचान खुलाइने छैन।उद्धारको पर्खाइमा रहेका विद्यार्थीले क्वारेन्टाइनमा बस्ने सर्तसहितको निवेदन दूतावासमा बुझाएका छन्।

स्वास्थ्य जाँच र निगरानीका लागि चिकित्सकसहितको दुई समूहको सुरक्षा घेरा बनाइएको छ।

चारवटा सेन्टरको व्यवस्था गरिएको छ। चिकित्सकको टोली क्याम्पभित्र रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad