सरकारले अघि सारेका विभिन्न परियोजनाहरुले ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै खोकना र बुङगमतीबासीहरुले विरोध प्रदर्शन गरेका छन्।
काठमाडौं तराई द्रुतमार्ग, बाहिरी चक्रपथ निर्माण र स्मार्ट सहर निर्माण जस्ता परियोजनाले समुदायको सभ्याता र संस्कृति नष्ट गरी ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।
खोकना बुङमती बचाउ, गुठी सम्पदा जोगाउ भन्ने नारासहित नेवार खोकना र बुङमतीका स्थानीयहरुले राजधानीमा बृहत जनप्रर्दनी र्याली निकालेका छन्। ‘बोङ खोकनामा बाह्य चक्रपथ चाँहिदैन, बोङ खोकनामा सुरुङमार्ग चाँहिदैन, आइएलओ १६९ को उल्लंघन गर्न पाईंदैन’, लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको हो।
उनीहरुले सांस्कृतिक सम्पदा संरक्षणका लागि फास्ट ट्रयाक खारेज गर्नुपर्ने, बाङा खोकनामा स्मार्ट सिटी नचाहिने बताएका छन्। उनीहरुले आदिवासीहरुलाई उठीबास नगर्नपनि आग्रह गरेका छन्। खोकना बुङमतीबासीलाई न्याय दिन र राज्यलाई जवाफदेही बनाउन फास्ट ट्रयाक तथा अन्य परियोजनाविरुद्ध अदालत जाने चेतावनी पनि उनीहरुले दिएका छन्।
प्रतिक्रिया