आज (मंगलबार) पनि देशका अधिकांश स्थानमा घाम लाग्ने मौसमविद्ले अनुमान गरेका छन्।
अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएकाले देशभरजसो मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले अनुमान गरेका हुन्।
मशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज पहाडी क्षेत्रमा आंशिक बदली (आकाशमा अलि अलि बादल देखिने) र तराई क्षेत्रमा मौसम सफा रहने देखिएको छ।
‘अझै एक दुई दिन मौसम बदली हुने देखिँदैन,’ उनले भनिन्, ‘अब मौसम बिस्तारै गर्मीतर्फ उन्मुख भएको छ।’
उनका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री छ भने अधिकतम तापक्रम २१ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।
प्रतिक्रिया