ad ad

राजनीति


दिल्ली सत्तामा पुनः ‘आप’ आउने पक्का, ७० सिटमध्ये ५० वटामा अग्रता

दिल्ली सत्तामा पुनः ‘आप’ आउने पक्का, ७० सिटमध्ये ५० वटामा अग्रता

नेपालखबर
माघ २८, २०७६ मंगलबार ४:५५,

भारतको दिल्ली सरकारको नेतृत्वमा पुनः आम आदमी पार्टी (आप) आउने पक्का भएको छ।

प्रारम्भिक मतपरिणामअनुसार आपले स्पष्ट बहुमत प्राप्त गर्ने पक्का भएको हो।

७० सिट रहेको दिल्ली विधानसभाको चुनाव यही फेब्रुअरी ८ मा भएको थियो।

अहिलेसम्मको मतगणनाअनुसार ७० सिटमध्ये आपले ५० सिटमा अग्रता लिएको छ।

केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टी (भाजपा) आपभन्दा धेरै पछािड छ। अहिलेसम्मको मतपरिणामअनुसार ऊ २० सिटमा मात्र अगाडि छ।

भारतीय कांग्रेस पार्टी भने सबै सिटमा पछाडि छ।

दिल्लीमा फेरि पनि केजरिवाल मुख्यमन्त्री बन्ने निश्चित जस्तै देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

सन् २०१५ मा सम्मपन्न दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ७० सिटमध्ये ६७ वटा हात पार्दै ऐतिहासिक विजय हासिल गरेको थियो। भाजपाले तीन सिट जित्दा कांग्रेस भने रित्तो हात भएको थियो।

७० सिट रहेको दिल्लीमा सरकार बनाउन ३६ सिटको आवश्यकता हुन्छ। सन् २०१५ को निर्वाचनमा केजरीवालको पार्टी ६७ सिट जितेको थियो।

नयाँ दिल्ली क्षेत्रबाट उम्मेदवार बनेका मुख्यमन्त्री अरविन्द केजरीवालले २०१५ मा भाजपाकी उम्मेदवार नुपुर शर्मालाई झन्डै ३१ हजार मतले हराएका थिए।

सन् २०१३ मा भएको विधानसभा चुनावमा केजरीवालले दिल्लीकी तीन पटककी मुख्यमन्त्री शीला दीक्षितलाई २५ हजार मतले हराएका थिए।

पछिल्ला ५ वर्षमा मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारले दिल्लीमा खानेपानी, बिजुली, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको छ।

त्यसको फाइदा यो चुनावमा आपलाई पुगेको राजनीतिक विश्‍लेषक बताउँछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .