ad ad

खेल


भरतको कीर्तिमानी गोलमा आर्मी फेरि शीर्ष स्थानमा

भरतको कीर्तिमानी गोलमा आर्मी फेरि शीर्ष स्थानमा

नेपालखबर
माघ २८, २०७६ मंगलबार ५:४२,

कप्तान भरत खवासको कीर्तिमानी गोलमा विभागीय टिम त्रिभुवन आर्मी, सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा मगंलबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लब बीबीसीलाई ३-० ले हराउँदै आर्मी शीर्ष स्थानमा फर्किएको हो।

जितसँगै ए डिभिजन लिगको उपाधिका लागि आर्मी र मछिन्द्र भिड्ने भएका छन्। ९ मा जित २ मा बराबरी र १ मा हार भोगेको आर्मीको २९ अंक छ।

मछिन्द्रको २८ अंक छ। खेलको पहिलो हाफमा कप्तान भरतको गोलमा अग्रता लिएको आर्मीले दोस्रो हाफमा २ गोल थप्यो। कप्तान भरतले लिगमा ५०औं गोल पुरा गरेका हुन्।

खेलको पाँचौं मिनेटमा भरतको गोलबाट आर्मीले अग्रता लिएको थियो। जर्ज प्रिन्स कार्कीको क्रसमा भरतले हेडमार्फत गोल गरेका थिए। लिगमा त्यो उनको कीर्तिमानी ५०औं गोल हो। खेलकोे ५४औं मिनेटमा विकास तामाङले दोब्बर पारे। सन्तोष तामाङको पासमा विकासले पेनाल्टी बक्सबाट हेडमार्फत गोल गरेका थिए।

७०औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै अन्तर फराकिलो पारे। बीबीसी ८ अंकसहित १२औं स्थानमा छ। एपीएफ पनि समान अंकका साथ १३औं स्थानमा छ। लिगमा ४ अंक जोडेको सरस्वती सोमबार नै बी डिभिजनमा घटुवा भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .