काभ्रेका पत्रकार प्रेम स्याङ्तानको निधन भएको छ। मृगौला फेल भएपछि उपचाररत स्याङ्तानको बिहीबार राति बिहान निधन भएको हो।
राजधानी दैनिकमा कार्यरत काभ्रेको रोशी गाउँपालिका निवासी स्याङ्तान दुवै मृगौलाले काम नगरेपछि गौशालास्थित एक अस्पतालमा डाइलाइसिस गराइरहेका थिए।
आर्थिक अवस्था कमजोर भएका उनी नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आवासमा बसेर उपचाररत थिए।
उनको गएराति निधन भएको महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले बताए। उनका दुई छोरी र श्रीमती छन्।
संगठनका महासचिव सन्तोष पौडेलले बुधबार नै एक शोक वक्तव्य निकालेर जनपक्षीय पत्रकारिताको पक्षमा क्रियाशील स्याङ्तानको उपचार र सहयोगका लागि सरकारसँग पहल भइरहेको अवस्थामा भएको निधनले दुखित बनाएको जनाएका छन्।
पौडेलले स्याङ्तानको निधनले प्रेस सेन्टर नेपाल र जनपक्षीय पत्रकारिताको क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाएका छन्।
Shares

प्रतिक्रिया