समाज


त्रिविमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नयाँ भवन उद्‍घाटन

त्रिविमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नयाँ भवन उद्‍घाटन

नेपालखबर
फागुन २, २०८० बुधबार १५:११, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित नवनिर्मित भवनको उद्‌घाटन भएको छ।

बुधवार बल्खुस्थित विभागको नवनिर्मित भवनको एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा.डा शिवलाल भुसालले उद्‌घाटन गरे।

लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको उद्‌घाटन भएसँगै सबै कार्यक्रमहरु नयाँ भवनबाट शुरु भएको छ।

चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको हो। उद्घाटन कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रा.चिरञ्जीवी खनालले रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा सानो ठाउँ भएकाले विभागको पहलमा भवन निर्माण भएको बताए। सिमित स्रोत साधनबीच पनि विभागले गुणस्तरीय पत्रकारिता शिक्षा दिइँदै आएको उनको भनाई छ।

उनले पत्रकारिताको अध्यापन पनि नयाँ ढङ्गबाट लैजानुपर्छ भन्ने उद्देश्यले विभागको पहलमा विश्वविद्यालयले भवन बनाइदिएकाले आफ्नै संरचना बन्न सफल भएको दाबी गरे। उनले विभागको कुनै ठूलो कार्यक्रम र नयाँ प्रविधि राख्न समेत ठाउँको अभाव भएकाले पनि सबैको साथ सहयोगमा नयाँ संरचना र पूर्वाधार तयार बनाउन सफल भएको बताए। उनले विभागको सुविधासम्पन्न भवन सजिलो तरिकाले भन्दा पनि सबैको सहयोगबाट सहज भएको उल्लेख गरे।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा शिवलाल भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको सुविधासम्पन्न संरचना बनेसँगै विभागलाई चुनौति पनि थपिएको  बताए। उनले विश्वमा हुने दिनप्रतिदिन हुने नयाँ परिवर्तन, नयाँ विकास र उपलब्धीहरुलाई समेटेर देशभित्र भित्र्याउन सक्नुपर्ने उल्लेख गरे।

उनले त्यसको लागि नेपाल सरकारसँग सहकार्य गर्दै जानुपर्ने बताए। उपकुलपति भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको स्तरवृद्धिको लागि विश्वविद्यालयले गर्नुे सहयोग सधैँ गर्न तयार रहेको प्रतिवद्धता जनाए।

भ्याली बाबुरत्न जेभी निर्माण कम्पनीले २१ करोड ५९ लाखको लागतमा भवन निर्माण गर्ने सम्झौता गरेको थियो। नयाँ भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि (विदेशी) प्राध्यापक आवास लगायत रहेका छन्।

त्रिविले विसं २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, विसं २०६७ देखि विद्यावारिधि र विसं २०७४ देखि  दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad