समाज


पाल्पामा जिप दुर्घटनामा ८ जनाको मृत्यु, १८ घाइते

पाल्पामा जिप दुर्घटनामा ८ जनाको मृत्यु, १८ घाइते

नेपालखबर
फागुन १, २०८० मंगलबार २१:२, काठमाडौँ

पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

सदरमुकाम तानसेनको डुम्रेबाट तिनाउ गाउँपालिकास्थित चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनापछि ८ जना शव घटनास्थलमा भेटिएको छ।

प्रहरी र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगेका छन्।

मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

जीप सडकबाट खसेर क्षतिग्रस्त अवस्थामा भेटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad