ad ad

समाज


डीआई स्किन हस्पिटल एन्ड रिफरल सेन्टरको सेवा गल्फुटारमा

डीआई स्किन हस्पिटल एन्ड रिफरल सेन्टरको सेवा गल्फुटारमा

नेपालखबर
माघ २९, २०८० सोमबार १३:१७, काठमाडौँ

डीआई स्किन हस्पिटल एण्ड रिफरल सेन्टरले काठमाडौंको बासबारीस्थित गल्फुटारबाट छाला रोगसम्बन्धी उपचार सेवा दिइरहेको छ।

सेन्टर छाला रोगसम्बन्धी उपचार गर्ने पहिलो हस्पिटल हो। विगत १४ वर्षदेखि छाला कपाल, नङ लगायतसम्बन्धी नेपालमा अनुभवी डाक्टरबाट सेवा दिँदै आएको सेन्टरले जनाएको छ।

वि.सं.२०६६ सालमा स्थापना भएको हस्पिटलले वि.स.२०७८ सालसम्म काठमाडौंको महाराजगंञ्जमा भाडाको भवनबाट सेवा दिएको थियो।

डीआई स्किन हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापनाको समयमा भारत, अमेरिका, पाकिस्तान, स्विट्जरल्यान्ड लगायत देशका छाला रोग विशेषज्ञ आएका थिए। उनीहरुले यस हस्पिटले दिने सम्पूर्ण सेवा अन्तर्राष्ट्रियस्तरको नै रहेको भनेहरु आफूहरुलाई प्रशशा गरेको हस्पिटलका कार्यकारी प्रशासक ऋषिप्रसाद सापकोटाले सुनाए। 

कार्यकारी प्रशासक सापकोटाले भने, ‘विगत दुई वर्ष (वि.स.२०७८) सालदेखि काठमाडौंको गल्फुटार बासबारीमा यस हस्पिटल साढे तीन रोपनी जग्गाको क्षेत्रफलमा फैलिएको डिआई स्किन हस्पिटल एण्ड रेफरल सेन्टरले अत्याधुनिक भवनबाट छाला रोग सम्बन्धी सम्पूर्ण सेवा दिइरहेका छौँ।’

कार्यकारी प्रशासक सापकोटाका अनुसार यस हस्पिटलले डर्माटो प्याथोलोजी सेवा पनि दिँदै आएको छ। हस्पिटलले उत्कृष्ट प्यास्टिक सर्जरीको सेवा दिँदै आएको छ। 

कार्यकारी प्रशासक सापकोटाले हस्पिटलले विगत दुई वर्षदेखि कपाल प्रत्यारोपणमा सेवा दिइरहेको जानकारी दिए।

कार्यकारी प्रशासक सापकोटाले कपाल प्रत्यारोपणमा ग्राहक पनि सन्तुष्ट रहेका दाबी गरे।

यस हस्पिटलमा १४ जना डाक्टरहरु कार्यरत छन् भने नेपालका पहिलो छाला रोग विशेषज्ञ प्रा.डा. अनिकुमार झा यसै हस्पिटलका संस्थापक अध्यक्ष हुन्। यस हस्पिटलको संस्थापन सदस्यमा ऋषि सापकोटा,रामप्रसाद पोखरेल लक्ष्णमणराज बराल र प्रा.डा.सृष्टि श्रेष्ठ छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .