ad ad

समाज


चार प्रदेशमा मौसम बदली, पानी पर्ला कि नपर्ला?

चार प्रदेशमा मौसम बदली, पानी पर्ला कि नपर्ला?

नेपालखबर
माघ २९, २०८० सोमबार ६:३०, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यतिबेला (सोमबार बिहान)देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने  बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। 

बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहने महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।  मौसम बदली भए पनि आज पानी पर्ने सम्भावना भने कतै देखिएको छैन। 

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति पनि देशका पहाडी भूभागमा साधारणतया बदली रहने र कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 कस्तो रहला मंगलबार र बुधबारको मौसम?

२०८० फाल्गुन ०१ गते (मंगलबार)

दिउँसोदेशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० फाल्गुन ०२ गते (बुधबार)

दिउँसोदेशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको  पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .