सीले बेइजिङमा स्वास्थ्य विभागले कोरोना भाइरसको सङ्क्रमणको उपचारमा लागि सञ्चालन गरिरहेका स्थानहरुको सोमबार निरीक्षण गरेका हुन्।
उनले बेइजिङको चाओयाङ जिल्लाको अनहुली समुदायका नागरिकका लागि कोरोना भाइरसको उपचारका लागि बनाइएका रोग निवारण तथा उपचार केन्द्रहरुको पनि निरीक्षण गरी ती स्थानमा अपनाइएका उपचार पद्दतिको बारेमा पनि जानकारी लिएका थिए।
चीनस्थित हुपेइ प्रान्तको वुहान शहरबाट फैलन सुरु भएको कोरोनाको प्रकोप यतिबेला विश्वका दुई दर्जन देशमा फैलिसकेको छ।
नोबल कोरोना भाइरसले हालसम्म ९ सय १० जनाको ज्यान लिइसक्दा चीनमा मात्रै ९ सय ८ को ज्यान गएको छ।
कोरोनाको संक्रमण चीनमा झन्डै ४० हजारमा देखिएको छ। अन्य देशहरुमा ४ सय ४० जना संक्रमित छन्। रासस/सिन्ह्वा
3
Shares

प्रतिक्रिया