ad ad

समाज


ट्रकले मोटरसाइलकलाई ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते

ट्रकले मोटरसाइलकलाई ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते

नेपालखबर
माघ २८, २०८० आइतबार १५:१९, काठमाडौँ

विराटनगरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ।

विराटनगर महानगरपालिका–५ बरगाछि चोकस्थित हाइवेमा कञ्चनबारीबाट बरगाछितर्फ आउँदै गरेको बा प्र ३–००१ ख १४११ नं.को ट्रकले लाइफगार्डबाट पानिट्याङकीतर्फ बाटो क्रस गर्दै गरेको ३६ प २८८९ नं. को मोसालाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका–९ बस्ने वर्ष अन्दाजी २४/२५ को नगेन चौधरीलाई गम्भीर घाइते भई उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा मृतक घोषणा गरेका हुन्।

सोही मोटरसाइकल पछाडी सवार सुनसरीको दुहबी नगरपालिका–९ बस्ने निजको भतिजि वर्ष १५/१६ कि सोस्था चौधरीको दुवै घुँडामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
मृतकको शव हाल कोशी अस्पतालको शव गृहमा राखिएको छ।

यसैबीच दुर्घटनापछि स्थानीयले ट्रकमा आगजानी गरेका छन्। आगलागीबाट ट्रकको अगाडीको भाग जलि सामान्य क्षति भएको छ।

आगो नेपाल प्रहरी र दमकलको सहायतामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

ट्रक चालक चितवानको राप्ति नगरपालिका–११ बस्ने  वर्ष ४१ को  शेरबहादुर राई सामान्य हात खूट्टामा चोट लागी घाइते भएका छन्।

उनलाई उपचारका लागि विराट नर्सिङ होमतर्फ पठाइएको छ भने थप अनुसान्धान भइहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .