समाज


प्रहरी भन्छः धारिलो वस्तु प्रहार गरी मुना कार्कीको हत्या

प्रहरी भन्छः धारिलो वस्तु प्रहार गरी मुना कार्कीको हत्या

नेपालखबर
माघ २७, २०७६ सोमबार ८:५२,

पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको धारिलो वस्तु प्रहार गरी हत्या गरेकाे देखिएकाे प्रहरीले जनाएकाे छ। महानगरीय प्रहरी कार्यालयले मुनामाथि धारिलाे वस्तु प्रहार गरेकाे घटनास्थलकाे वस्तुस्थितिअनुसार प्रारम्भिक अनुसन्धानमा देखिएकाे जनाएकाे हाे।

ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा आफ्नै घरमा साेमबार बिहान मुना कार्कीसँगै घरमा काम गर्ने विजय चौधरी पनि मृत अवस्थामा फेला परेका थिए। मुना सरकारका पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती हुन्। 

karkiko ghar 1

मुना उनको घरको भान्साकोठामा रक्ताम्य र अचेत अवस्थामा भेटिएपछि नजिकैको स्टार अस्पतालमा लगिएको थियो भने चौधरी अर्को कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए।

‘घट्नास्थलको अवलोकन गर्दा मुना कार्कीको धारिलो चीजले प्रहार गरेको देखिन्छ भने कामदार विजय चौधरी झुन्डिएर मृत्यु भएको देखिन्छ,’ महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले नेपालखबरसँग भने।

arjun karki fff
पूर्वसचिव अर्जुन कार्की। 

उनका अनुसार सो घटना पूर्वसचिव अर्जुन कार्की पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका बेला भएको देखिन्छ। एकाबिहानै पशुपति दर्शन गर्न गएका पूर्वसचिव कार्कीले घर फर्किँदा उक्त विभत्स दृश्य देखेका थिए।

घटना देखेलगत्तै उनी बेहोस भएको बताइएको छ। पछि कार्कीले चिच्याएपछि वरपर हल्लाखल्ला भएको थियो। त्यसलगत्तै प्रहरी घटनास्थल पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad