समाज


सानेपा घटनाः पूर्वसचिव कार्की–पत्नी मुनाकाे पनि मृत्यु

सानेपा घटनाः पूर्वसचिव कार्की–पत्नी मुनाकाे पनि मृत्यु

सागर न्यौपाने
माघ २७, २०७६ सोमबार ७:४७,

सानेपामा रहेको स्टार अस्पतालमा घाइते अवस्थामा उपचारका लागि पुर्याइएकी पूर्वसचिव अर्जुन कार्कीकी ४९ वर्षीया श्रीमती मुना कार्कीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ। बिहान अचेत अवस्थामा अस्पताल पुर्याइएकी मुनाकाे मृत्यु भएकाे चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएकाे हाे। अस्पतालमा उनकाे शव पाेष्टमार्टमकाे तयारी भएकाे छ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले दुवैकाे मृत्यु भएकाे पुष्टि गरे। उनले भने, 'घरमा चाैधरीकाे झुण्डिएर मृत्यु भएकाे देखिन्छ, अस्पताल पुर्याइएकी मुना कार्कीलाई डाक्टरले मृत घाेषणा गरे।'

ललितपुर महानगर वडा नं. २ सानेपामा सोमबार बिहान पूर्वसचिव कार्कीको घरमा भएको घटनामा कामदार मृत र श्रीमती कार्की अचेत अवस्थामा फेला परेकी थिइन्।

कामदार विजय चौधरी मृत अवस्थामा फेला परेका हुन्। अचेत अवस्थामा रहेकी उनलाई भने प्रहरीले नजिकै रहेको स्टार अस्पताल पुर्याएकाे थियाे। 

एकाबिहानै पशुपति दर्शन गर्न गएका सरकारका पूर्वसचिव अर्जुन कार्कीले घर फर्किएपछि मात्रै उक्त विभत्स दृश्य देखेका थिए। त्यसलगत्तै उनी बेहोस भएका थिए। पछि कार्कीले चिच्याएपछि वरपर हल्लाखल्ला भएको थियो।

karkiko ghar 1

सो लगत्तै प्रहरी घटनास्थल आइपुगेको प्रत्यक्षदर्शीले बताएका छन्। कार्कीको छिमेकीहरुका अनुसार सचिव कार्की घर फर्किँदा उनको श्रीमती भान्साकोठामा रगतपिच्छे अवस्थामा भेटिएकी थिइन्।

वरपरका छिमेकी र प्रहरीले दिएको जानकारीअनुसार कार्की घर आएपछि मात्रै घटनाबारे सार्वजनिक भएको हो।

karki hatya prayas

ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईले घटनाको पुष्टि गर्दै यसको अनुसन्धान गरिरहेको बताए। घटनाबारे ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद रार्इले भने, ‘एक जना मृत अवस्थामा र अर्का एक जना अचेत अवस्थामा भेट्यौँ। अचेत अवस्थामा भेटिएकालाइ स्टार अस्पताल पठायौँ।’

याे पनिः 
१. पूर्वसचिव अर्जुन कार्कीको घरमा कामदार मृत भेटिए, श्रीमती चिन्ताजनक अवस्थामा फेला*
२. सानेपा घटनाः पशुपति दर्शनबाट फर्किँदा विभत्स दृश्य देखेपछि भुइँमा लडे पूर्वसचिव कार्की

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad