नेपाल पत्रकार महासंघले महासंघका रौतहट शाखाका सदस्य कृष्ण तिवारीलाई समाचार संकलनका क्रममा कुटपिट गरी घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
माघ २३ गते मंगलबार समाचार संकलनका लागि रौतहटस्थित बाबा बैजुनाथ सुगर मिल पुगेका पत्रकार तिवारीलाई सोही मिलका सञ्चालहरूले निर्घात कुटपिट गरी घाइते बनाएको महासंघ रौतहट शाखाले जनाएको छ। कुटपिटबाट पत्रकार तिवारीको छाती र टाउकोमा गहिरो चोट लागेको थियो।
‘स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारलाई कुटपिट गरी घाइते बनाएको यो घटना अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’ महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘महासंघ घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ।’
Shares
प्रतिक्रिया