ad ad

समाज


मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ : प्रकाशमान सिंह

मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ : प्रकाशमान सिंह

नेपालखबर
माघ २३, २०८० मंगलबार १९:३०, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवम् प्रकाशमान सिंहले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताएका छन्।

छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले २०४६ सालको परिवर्तनपछि नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताएका हुन्।

स्वास्थ्य क्षेत्रमा केही पनि भएको छैन भन्न मिल्दैन, विस्तारै सुधार गएको छ। थप सुधार हुँदै जानेछ’, उनले भने।

सिंहले छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताल स्थापनाका लागि तत्कालीन मन्त्री गणेशमान सिंह र क्षेत्रपाटी क्षेत्रका जनताको महत्वपूर्ण भूमिका रहेको स्मरण गरे।

तत्कालीन नगरपालिकासँग कुरा गरेर सरकारले चिकित्सालयलाई उपलब्ध गराउन गणेशमान सिंहको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो।

उक्त चिकित्सालयले क्षेत्रपाटी क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्न लाग्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा त्यो चिकित्सालयमा पाँच र दश वर्ष अनवरतरुपमा सेवा प्रदान गर्ने कर्मचारी र सेवानिवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .