ad ad

समाज


अर्घाखाँचीमा रोकिराखेको जिप आफैँ गुडेर सडकबाट खस्दा २ महिलाको मृत्यु, आमाछोरा घाइते

अर्घाखाँचीमा रोकिराखेको जिप आफैँ गुडेर सडकबाट खस्दा २ महिलाको मृत्यु, आमाछोरा घाइते

शनिबार बिहान अर्घाखाँचीमा सडकबाट खसेको जिप।


नेपालखबर
माघ २०, २०८० शनिबार ११:८, काठमाडौँ

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा आज (शनिबार) बिहान जिप सडकबाट खस्दा दुई महिलाको मृत्यु भएको छ भने आमा-छोरा घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ढाकावाङबाट सन्धिखर्कतर्फ आउने क्रममा अर्घाखाँची भूमिकास्थान नगरपालिका–२, पिपलरुखस्थित प्युठान–सन्धिखर्क सडकबाट देउराली यातायातको लु.१ ज. १६७९ नं. को जिप अन्दाजी १५० मिटर तल खसेको हो। 

दुर्घटनामा सन्धिखर्क नगरपालिका–३, छापडाँडा बस्ने वर्ष ४२ की देमकला आचार्य र भूमिकास्थान नगरपालिका–२ मूलट्यांकी बस्ने वर्ष ३५ की देवा बेल्बासेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम रिजालले नेपालखबरलाई जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा बिहान सवा १० बजेपछि मृत्यु भएको उनले बताए।  

दुर्घटनामा अर्का २ जना घाइते भएका छन्। प्रहरी निरीक्षक रिजालका अनुसार अर्घाखाँचीको पाणिनी गाँउपालिका–१, पणेना बस्ने वर्ष २६ की कोपिला पोख्रेल खनाल र उनका छोरा ३ महिनाका सर्भिक पोख्रेल घाइते भएका हुन्। उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए। 

‘चालक जिप रोकेर नजिकैको पसलमा सामान किन्न गएका रहेछन्’, प्रवक्ता रिजालले भने, ‘त्यही बेला गाडी आफैँ गुडेर सडकबाट खसेछ।’

दुर्घटनाग्रस्त जिपको अर्को तस्बिर।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रिजालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .