काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ बिष्णुमतीमा रहेको हाम्रो फेलोसिप पुनःस्थापना केन्द्रमा रहेका सुरक्षा गार्ड बलात्कार आरोपमा पक्राउ परेका छन्।
उपचारका लागि आएकी एक महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका–१२ का २५ वर्षीय बिशाल भन्ने रमेश प्रसाद वाग्ले पक्राउ परेका हुन्।
गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट गएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
वाग्लेलाई आवश्यक अनुसन्धान एवं कारबाहीको आइतबार महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको छ।
प्रतिक्रिया