समाज


मौसमविद्को अनुमान मिल्यो कि मिलेन? कहाँ-कहाँ भयो त हिउँदे वर्षा?

मौसमविद्को अनुमान मिल्यो कि मिलेन? कहाँ-कहाँ भयो त हिउँदे वर्षा?

फाइल तस्बिर


नेपालखबर
माघ १८, २०८० बिहिबार ७:४८, काठमाडौँ

यस वर्ष हिउँदमा खासै वर्षा हुन सकिरहेको छैन। अब हिउँदयाम सकिन एक महिना (फेब्रुअरी) मात्र बाँकी छ। 

तर हालसम्म औसतभन्दा कम मात्र वर्षा हुन सकेको मौसमविद् बताउँछन्। मौसमविद्ले भने यसपटक हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेका थिए। तर मिलेन। 

यस विषयमा आफूहरू समीक्षा गर्ने तयारीमा रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताइरहेका छन्। 

यसैबीच अस्ति मंगलबार विशेष हिउँदे बुलेटिन जारी गर्दै मौसम महाशाखाले पश्चिमी वायुसँगै भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबार अपराह्नदेखि बिहीबार (आज) सम्म देशका धेरै स्थानमा वर्षा तथा हिमपात हुने जानकारी गराएको थियो। 

त्यसबमोजिम कहाँ कहाँ भयो त वर्षा र हिमपात? 

मौसमविद् रोजन लामिछाने भन्छन्, ‘अहिले (बिहीबार बिहान) पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। हिजो (बुधबार) अपराह्नदेखिको कुरा गर्नुपर्दा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा मध्यमसम्म वर्षा भएको छ। गण्डकी प्रदेशका पनि एक दुई स्थानमा हल्का वर्षा भएको छ।’

यस्तै तिनै प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपात पनि भएको उनले बताए। 

तर यस अवधिमा कोसी, मधेस र बागमती प्रदेशमा भने वर्षा नभएको मौसमविद् लामिछानेले बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad